दफा ७२
संवेदनशील सार्वजनिक क्षेत्रमा मशाल जुलुश गर्न नहुने

(१) नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, सुरक्षा, सार्वजनिक शान्ति वा शिष्टाचारको कारणलेअधिकार प्राप्त अधिकारीको आदेशबाट संवेदनशील सार्वजनिक क्षेत्र भनी तोकिएकोे कुनै ठाउँमा कसैले सार्वजनिकशान्ति भङ्ग गर्ने नियतले मशाल जुलुश, आगोजन्य वा प्रज्वलनशील वस्तु लिई जुलुश, सभा गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।